नेप्सेमा १४.३३ अंकको वुद्धि, २ अर्ब ६८ करोडको सेयर कारोबार!

आइतबार नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल ६८ लाख ७८ हजार १५९ कित्ता सेयरको करिब २ अर्ब ६८ करोड २५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य बढेको छ, ५५ कम्पनीको मूल्यमा गिरावट छ भने, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक  बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा पोखरा फाइनान्स कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा रिभर फल्स पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ४.६३% ले घटेको छ। कारोबार रकमका आधारमा पोखरा फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड ५ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको कारोबार भएको छ।

 

Comments

Back to top