माछापुच्छ्रे बैंकको डिजिटल कारोबार असफल भए एप र वेबसाईट मार्फत रिर्पोट गर्न मिल्ने

माछापुच्छ्रे बैंक मार्फत डिजिटल कारोबार गर्दा असफल भएमा मोबाइल बैंकिङ्ग एप र वेबसाइट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको छ।

बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोसेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिन्छ । साथै असफल कारोबारको समस्या समाधान पश्चात् रकम फिर्ता भएको जानकारी मेसेज र इमेलबाट ग्राहकलाई गराइन्छ ।

आधुनिक प्रविधि भित्र्याई सो को प्रवर्धन, संवर्द्धन तथा कार्यान्वयन गर्ने बैंकमध्येमा अग्रस्थानमा रहेको दाबी गर्ने माछापुच्छ्रे बैंकले दिनानुदिन डिजिटल कारोबार सङ्ख्या वृद्धि हुँदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उद्देश्यले यस्तो सुविधा संचालनमा ल्याएको बताएको छ ।

स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरू प्रदान गर्दै आएको र विभिन्न डिजिटल बैंकिङ्ग सेवा सुविधाहरू प्राप्त गर्न बैंकको कार्यालयसम्म पुग्नै नपर्ने गरी सेवा समेत प्रदान गरिरहेको छ ।

Comments

Back to top