सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँटको मिति तय

सर्वोत्तम सिमेन्टको आइपीओ बिहीबार अर्थात फागुन २४ गते बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल अनुसार प्री–अलोटमेन्ट सम्पन्न भएको र अबको बिहिबार भित्र बाँडफाँट हुने जनाएको हो ।

सर्वोत्तम सिमेन्टको आइपीओमा साढे ९ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा १० लाख १५ हजार २११ जनाले आवेदन दिएकोमा ९ लाख ५९ हजार ६९० जनाको हात खालि हुने भएको हो ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । आइपीओमा अन्तिम दिनसम्म ५ करोड ३७ लाख ७७ हजार ८७० कित्ता बराबरको १९ अर्ब ४० करोड ८४ लाख ३३ हजार रुपैयाँ संकलन भएको हो ।

कम्पनीले बुक विडिल्ङको माध्यमबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन माग गरीएको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Comments

Back to top