बेलायतमा फेब्रुअरी अहिलेसम्मकै तातो महिना बन्यो
बेलायतमा यो वर्षको फेब्रअरी अहिलेसम्मकै तातो महिना बनेको छ । बेलायतमा फेब्रुअरी महिनाको औसत तापक्रम ६ दशमलव तीन डिग्रि सेल्सियस रहेकोमा यो वर्षको फेब्रुअरीमा ६ दशमलव ९ डिग्रि सेल्सियस पुगेको बीबीसीले जनाएको छ । यसअघि सन् १९९८मा सबैभन्दा धेरै औसत तापक्रम ६ दशमलव ८ डिग्रि सेल्सियससम्म पुगेको थियो ।
चिसो कम भएका कारण स्याउ नास्पाती जस्ता फलफूलको गुणस्तर कमजोर हुने खबरमा उल्लेख छ। जलवायु परिवर्तनको असरका कारण विश्वव्यापी रुपमा बढ्दो तापक्रमकै प्रभावका कारण बेलायतमा तातो महिनाहरु देखिने क्रम बढेको बेलायतका मौसम विज्ञहरुले बताएका छन् । जाडो महिनामा बढेको तापक्रमको असर गर्मीमा धेरै पर्ने र यसबाट अत्याधिक वर्षा र बाढीको सम्भावना बढ्ने विज्ञहरुले बताएका छन् ।
Comments