गाजामा ६ हप्ताका लागि युद्ध रोक्न इजरायल सहमत, हमास अझै मौन
गाजामा जारी युद्ध रोक्न इजरायल तयार भएको छ । गाजामा हमाससँगको युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इजरायल गाजामा युद्धविराम गर्न र बन्धक रिहाईको सम्झौता गर्न सहमत भएको बताइएको छ ।
यद्यपी सहमतिको औपचारिक घोषणा भने हुन बाँकी छ । अमेरिकी एक वरिष्ठ अधिकारीका अनुसार शनिबार भएको छलफलपछि इजरायल युद्धविराम गर्न तयार भएको हो ।
६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलाहरूलाई पनि रिहा गर्नु पर्ने छ । यस विषयमा हमासबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
गाजामा इजरायल र हमासबीच झण्डै पाँच महिनादेखि द्वन्द्व जारी छ । जारी युद्धमा तीस हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
Comments