शहबाज शरीफ चुनिए पाकिस्तानका २४ औं प्रधानमन्त्री

शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चुनिएका छन् । उनी पाकिस्तानको २४ औं प्रधानमन्त्री बनेका हुन् ।

पाकिस्तानी संसदमा भएको मतदानमा उनले २०१ मत प्राप्त गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। इमरान खानको तहरीक ए इन्साफ समर्थित उम्मेदवार उमर अयूबले ९२ मत पाए ।

पाकिस्तानमा हालै भएको चुनावमा तहरीक ए इन्साफ समर्थित स्वतन्त्र उम्मेदवारले अधिक सिट जितेका थिए । नवाज शरीफको पीएमएल एन दोस्रो नम्बरमा रहेको थियो । उसले ७५ सिट जितेको थियो ।

पाकिस्तान पीपुल्स पार्टी ५४ सिटसहित तेस्रो स्थानमा रहेको थियो भने एमक्यूएम पाकिस्तानले १७ सिट जितेको थियो ।

बिलावल भुट्टो जर्दारीको पीपीपीसँग मिलेर शरीफले नयाँ सरकार बनाएका हुन् । नवाज सरीफले प्रधानमन्त्री पदको दौडबाट आफूलाई बाहिर राखेपछि शहबाजलाई अघि सारिएको हो । उनी यसअघि पनि प्रधानमन्त्री रहिसकेका छन् ।

 

Comments

Back to top