प्रिओपन सेसनमा नेप्सेमा ०.५३ अंकको वृद्धि !

आइतबार प्रिओपन सेसनमा नेप्से ०.५३ अंकले बढेको छ।

बिहिबार २८.६८ अंकले घटेर १९७२.०९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९७२.६२ मा खुलेको हो। कुल ५४३ कित्ता सेयरको खरिदबिक्री करिब २ लाख ४० हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका १९ कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने १० को मूल्य घट्यो। बाँकी २ कम्पनीको मूल्य भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल २५ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top