रियलमी सी ५३ नेपाली बजारमा

स्मार्टफोनमा क्यामेराका बढी महत्व दिने ग्राहकका लागि रियलमीले नेपाली बजारमा १०८ मेगापिक्सेलको अल्ट्रा-क्लियर क्यामेरासहितको ‘रियलमी सी ५३’ भित्र्याएको छ।

यसमा भएको सबैभन्दा ठूलो क्यामेरा सेन्सरले फोटोमा हरेक रंगहरू प्रष्ट देखाउनुका साथै कम उज्यालोमा पनि सानो–सानो डिटेलसहित फोटो खिच्दछ। साथै यसको ३ टाईम्स इन् सेन्सर जूमले कुनै तस्बिरहरु जूम गर्नुप¥यो भने पनि १०० प्रतिशत रिजोलुुसनमा फोटो खिच्न सक्छ।

रियलमीको सी सिरिजमा यो फिचर भएको रियलमी सी ५३ पहिलो मोडल हो। १०८ एमपीको क्यामेरा भए पनि यसको फोटो प्रोसेसिङ टाइम कम भएकोले फुल रेजोलुसनमा खिच्दा पनि समय नलाग्ने कम्पनीको दाबी छ।

साथै यसमा भएको ०.३ एमपीको क्यामराले सुन्दर पोट्रेट सटहरू लिन्छ भने सेल्फीको लागि ८ एमपीको क्यामरा राखिएको छ।

रियलमी सी ५३ को क्यामरा मात्र नभएर डिजाइन पनि उत्कृष्ट छ। अल्ट्रा–स्लिम र प्रिमियम डिजाइन रहेको यस फोन कम्प्याक्ट र हलुका छ।

५००० एमएएचको शक्तिशाली ब्याट्री र १८ वाटको फास्ट चार्जरसहित आउने यस रियलमी सि ५३ मा दिनभरी आरामसँग भिडियो हेर्न अथवा गेम खेल्न मिल्छ। रियलमी सि ५३ मा बलियो युनिसक टाइगर टि ६१२ अक्टाकोर प्रोसेसर राखिएको छ भने स्टोरेज अप्सन चाँही ६+१२८ जिबिको रहेको छ ।

६.७४ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्ट्जको रिफ्रेस रेट र ५६० निट्स ब्राइटनेस भएको यो रियलमी सि ५३ गेम खेल्न पनि उपयुक्त छ।

च्याम्पियन गोल्ड र च्याम्पियन ब्ल्याक जस्ता आकर्षक रङहरुमा उपलब्ध रहेको छ यस  रियलमी सि ५३ को मूल्य १६ हजार ४९९ रुपैयाँ तोकिएको छ।

Comments

Back to top