त्रिकोणात्मक टी–२० सिरिजमा नामिबिया र नेदरल्याण्ड्स भिड्दै
त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै छन् । दुबै बीचको खेल त्रिवि मैदानमा बिहान साढे ११ बजे सुरु हुने छ । सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा छ ।
त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ । नेपाल दोस्रो स्थानमा छ । त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा छ । आजको खेलले फाइनलमा पुग्ने टिमको टुंगो लगाउने छ।
Comments