एनसेल र ईएन्ड इन्टरनेशनलबीच समझदारी

एनसेलले आफ्ना ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज शेयरिङ सम्बन्धी गतिविधि सञ्चालन गर्न र मुख्य सेवा, सुविधा तथा प्लेटफर्महरू उपलब्ध गराउन ईएन्ड इन्टरनेशनलसँग रणनीतिक समझदारी गरेको छ।

यो सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएन्ड इन्टरनेशनलका चीफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा हस्ताक्षर गरेका हुन्। ईएन्ड इन्टरन्याशनल संयुक्त अरब इमिरेट्सको एतिसलात ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने ईएन्ड ग्रूपको एक अंश हो।

समझदारी पत्र अनुसार दुवै पक्षले कस्टमर भ्यालू मेनेजमेन्ट (सीभीएम) र एड्भान्स्ड एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङ लगायतको व्यावसायिक सहायता, ग्राहक अनुभव, खरीद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेशन, इन्टरनेशनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरण लगायत क्षेत्रमा सहकार्य गर्नेछन्।

यो सहकार्य आय बढाउन, नवीन सेवाहरू सञ्चानलमा ल्याउन, खरीद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दूरीको व्यवसाय र डिजिटल सोलुसन्स बढाउन महत्त्वपूर्ण हुने जनाइएको छ।
 

Comments

Back to top