सिड इनर्जीले आइपीओ निष्काशन गर्ने

सिड इनर्जीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आइपीओ ल्याउन धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई नियुक्त गरेको हो।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रम धितोप बिक्री प्रबन्धक नियुक्तिसम्बनधी समझदारीमा एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्य र सिड इनर्जीका सीईओ आशीष श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यो समझेदार सिड इनर्जीको आइपीओ ल्याउन कोशेढुंगा सावित हुने विश्वास गरिएको छ। अब सिड इनर्जीको आइपीओ ल्याउने सम्पूर्ण प्रक्रिया एनएमबि क्यापिटलले अगाडि बढाउने छ।

सिड इनर्जीले १५ करोड रुपैयाँ बढीको आइपीओ सर्वसाधारणलाई ल्याउने छ।

Comments

Back to top