राप्ती हाइड्रोलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न आयोगको स्वीकृति

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको छ ।

५ मे.वा. क्षमताको रुकुम गाड जलविद्युत आयोजनाको प्रबर्द्धक यस कम्पनीले चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्काशनका लागि गत माघ १९ गते आयोगमा पत्र पठाएको थियो ।

यसमा आयोगले विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५ बमोजिम फागुन १५ गते बसेको बैठकले स्वीकृति प्रदान गरेको हो ।

Comments

Back to top