शिखर इन्स्योरेन्सको साधारण सभा चैत्र ९ गते बस्दै

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभा चैत्र ९ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । सभाले गत आवको प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमा छलफल गर्नेछ। साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारणतर्फ १ जना सञ्चालक निवार्चन गर्नेछ ।

सभा प्रयाजनार्थ कम्पनीले फागुन २७ गते देखि चैत्र ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार फागुन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

Comments

Back to top