प्रिओपन सेसनमा नेप्सेमा ०.२४ अंकको वृद्धि !

बिहिबार प्रिओपन सेसनमा नेप्से ०.२४ अंकले बढेको छ।

बुधबार ०.८७ अंकले घटेर २०००.७७ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २००१.०२ मा खुलेको हो। कुल ५०४ कित्ता सेयरको खरिदबिक्री करिब ३ लाख ९३ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका २५ कम्पनीमध्ये १६ को मूल्य बढ्यो भने ८ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्य भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल ४६ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top