नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा चैत २० गते

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत २० गते साधारण सभा बोलाएको छ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ ।

साथै, साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ । साधारण सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

 

Comments

Back to top