ताइवानलाई अमेरिकी हतियार बिक्रीबारे चीनको कडा विरोध
चिनियाँ सरकारका प्रवक्ताले बुधबार चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीबारे कडा विरोध गरेका छन् । राज्य परिषद्को ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेङ्ग्लियनले अमेरिकी पक्षलाई ‘एक चीन सिद्धान्त’ र ‘तीन चीन-अमेरिका संयुक्त विज्ञप्ति’ नीतिको कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।
उनले अमेरिकालाई ताइवानलाई तुरुन्तै हतियार बिक्री रोक्न समेत आग्रह गरेका छन् । ताइवानलाई करिब ७५ मिलियन अमेरिकी डलरको हतियार बेच्न अमेरिकी सरकारले हालै दिएको स्वीकृति बारेको प्रतिक्रिया सोध्दा उनले यस्तो टिप्पणी गरेका हुन् ।
Comments