विश्वको पहिलो धुमपान निषेधित मुलक बन्दै न्यूजिल्याण्ड
न्यूजिल्याण्डले विश्वको पहिलो धुमपान निषेधित राष्ट्रका रूपमा आफूलाई उभ्याउने कसरत थालेको छ । भविष्यका पुस्ताका लागि सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश बन्ने तयारीमा रहेको न्यूजिल्याण्डले पुराना कानूनहरू खारेज गरी नयाँ कानून निर्माण गरी नियमहरू लागू गर्ने भएको हो।
अनुसन्धानकर्ता र अभियानकर्ताहरूले परिणाम स्वरूप मानिसलाई मर्ने खतरा कम गर्नका लागि धुमपान निषेधित राष्ट्र बनाउन लागेको हो ।
आगामी जुलाइबाट लागू हुने गरी संसारको सबैभन्दा कडा सुर्ती विरोधी नियमहरूको तयारी गरेको छ, जसअनुसार जनवरी १, २००९ पछि जन्मेकाहरूलाई अब सुर्तिजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने, धुमपान र सुर्तीजन्य उत्पादनहरूमा निकोटिनको मात्रा घटाउने र ९० प्रतिशत भन्दा बढी सुर्ती बिक्रेताहरूको संख्या घटाउने निर्णय कार्वन्वयन गरिँदैछ ।
गत अक्टोबरमा निर्वाचित नयाँ गठबन्धन सरकारले पुराना कानून खारेजी तथा नयाँ नियम तत्काल लागू गराउने निर्णय लिएको हो, यसले सार्वजनिक टिप्पणी र आलोचनालाई बेवास्ता गर्दै पुराना कानूनलाई खारेज गर्न सक्षम भएको जनाउँदै पहिले घोषणा गरिएका योजनाहरू अनुरूप लागू गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
Comments