नेप्सेमा झिनो अंकको गिरावट, २ अर्ब ३ करोडको सेयर कारोबार!

बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल ५१ लाख १५ हजार ६५८ कित्ता सेयर २ अर्ब ३ करोड ८१ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ७१ कम्पनीको सेयर मूल्य बढेको छ, १७० कम्पनीको मूल्यमा गिरावट छ भने, ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र बोट्लर्स नेपाल (तराइ) लिमिटेडा रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सामलिङ पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.६६% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ६९ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top