प्रिओपन सेसनमा नेप्सेमा १.२८ अंकको वृद्धि !

बुधबार प्रिओपन सेसनमा नेप्से १.२८ अंकले बढेको छ।

मंगलबार ९.३४ अंकले बढेर २००१.६४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २००२.९३ मा खुलेको हो। कुल ७६८ कित्ता सेयरको खरिदबिक्री करिब २६ लाख १३ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका २९ कम्पनीमध्ये १८ को मूल्य बढ्यो भने ११ को मूल्य घट्यो। 

यस अवधीमा कुल ४६ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top