नेप्सेमा ९.३४ अंकको वृद्धि, सेयर कारोबार १ अर्ब ८६ करोड!

मंगलबार नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर १ अर्ब ८६ करोड ९८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ, ८९ कम्पनीको मूल्यमा गिरावट छ भने, १६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा चिरख्वा हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.०६% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड १९ लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top