नेप्से इन्ट्राडे अपडेट: ५.३१ अंकको गिरावट!
मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ५.३१ अंकले घटेको छ।
दुई घण्टामा नेप्से ५.३१ अङ्कले घटेर १९८६.९९ मा आएको हो। २८९ कम्पनीको १,९०१,४२३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ६८ करोड ९८ लाख बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा बिपिडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ४.७१% ले घटेको छ।
Comments