चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर हितग्राही खातामा जम्मा

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको पुस २० गते सम्पन्न २७ औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ ।

बुक क्लोज हुँदाका बखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको खातामा फागुन ३ गतेदेखि नै बोनस शेयर जम्मा गरिएको कम्पनीले बताएको छ ।

साथै, भौतिक रुपमा शेयर धारण नगरेका शेयरधनीलाई पनि शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ । शेयर अभौतिकीकरण गरेपछि बोनस शेयर स्वतः शेयरधनीको हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

Comments

Back to top