सोमबार नेप्सेमा १३.२८ अंकको वृद्धि, कारोबार रकममा भने गिरावट!

सोमबार नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१४ कम्पनीको कुल ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर २ अर्ब १ करोड ७७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६७ कम्पनीको सेयर मूल्य बढेको छ, ७५ कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ७१ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम २ को कारोबार भएको छ।

Comments

Back to top