प्रिओपन सेसनमा नेप्सेमा १.८७ अंकको वृद्धि !

सोमबार प्रिओपन सेसनमा नेप्से १.८७ अंकले बढेको छ।

आइतबार २६.८१ अंकले घटेर १९७९.०२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९८०.८९ मा खुलेको हो। कुल १,०१४ कित्ता सेयरको खरिदबिक्री करिब ४ लाख ८८ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका १६ कम्पनीमध्ये ९ को मूल्य बढ्यो भने ६ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवर्तन छैन।

यस अवधीमा कुल २६ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top