नेप्से सूचक २६.८१ अंकले घट्यो, २०६ कम्पनीको सेयर मूल्यमा गिरावट!

आइतबार नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१७ कम्पनीको कुल ८५ लाख ४६ हजार ९३० कित्ता सेयर ३ अर्ब ८ करोड ६९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ३८ कम्पनीको सेयर मूल्य बढेको छ, २०६ कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा बोट्लर्स नेपाल (बालाजु) लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड १८ लाख बरबारको सेयर कारोबार भएको छ।

Comments

Back to top