नेप्से इन्ट्राडे अपडेट: ७.२३ अंकको गिरावट!
आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ७.२३ अंकले घटेको छ।
दुई घण्टामा नेप्से ७.२३ अङ्कले घटेर १९९८.६० मा आएको हो। ३०२ कम्पनीको ३,७८०,८५६ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ४० करोड ६९ लाख बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा गुर्खाज फाइननन्स् लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ६.१३% वृद्धि भएको छ भने टप लुजरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडरहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments