कोशी र मधेससहित पहाडी भेगमा आंशिक बदली, हिमाली भेगमा हिमपातको सम्भावना
नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि समान्य बदली हुनेछ भने बाकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ ।
आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाको अनुमान छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।
उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ।
Comments