बिहिबार नेप्से सूचक २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा!

बिहिबार नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०९ कम्पनीको कुल ९५ लाख १८ हजार ०७५ कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४९ कम्पनीको सेयर मूल्य बढेको छ, १९७ कम्पनीको मूल्यमा गिरावट छ भने, २ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा हिमालय उर्जा बिकास कम्पनी रहेकाे छ जसको सेयर मूल्य ७.६०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८७ लाख बरबारको सेयर कारोबार भएको छ।

Comments

Back to top