नेप्से इन्ट्राडे अपडेट: ४.६० अंकको गिरावट!
बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ४.६० अंकले घटेको छ।
दुई घण्टामा नेप्से ४.६० अङ्कले घटेर २०२१.९९ मा आएको हो। २९५ कम्पनीको २,६१९,४४४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८८ करोड ९० लाख बराबरको कारोबार भएको छ।
यसदिन टप गेनरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.०८% ले घटेको छ।
Comments