रुसका छ अधिकारीलाई बेलायतमा प्रतिबन्ध
बेलायतले नाभाल्नीको मृत्यु भएको रुसी जेलका ६ जना अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले बुधबार बेलायतले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको ‘पेनल कोलोनी’ का प्रमुख छ जना अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।
‘नाभाल्नी प्रतिको क्रूर व्यवहारका लागि जिम्मेवार व्यक्तिहरू कुनै भ्रममा नपरे हुन्छ, हामी उनीहरूलाई जवाफदेही बनाउँछौँ’, क्यामरुनले भने ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विपक्षी नाभाल्नीलाई मार्न निर्देशन दिएकोसमेत आरोप छ ।
यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । एजेन्सी
Comments