नेप्से सूचक ६.४६ अंकले घट्यो, २ अर्ब २४ करोडको सेयर कारोबार !

बुधबार नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१३ कम्पनीको कुल ६३ लाख ४१ हजार १७४ कित्ता सेयर २ अर्ब २४ करोड १९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८० कम्पनीको सेयर मूल्य बढेको छ, १५९ कम्पनीको मूल्यमा गिरावट छ भने, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन बोट्लर्स नेपाल (बालाजु) लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालय उर्जा बिकास कम्पनी लिमिटेड टप गेनर रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा पिपुल्स् हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.८४% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड १२ लाख बरबारको सेयर कारोबार भएको छ।

Comments

Back to top