मल्टीपर्पस फाइनान्सले फागुन १८ गते बोलायो साधारण

मल्टीपर्पस फाइनान्स लिमिटेडले फागुन १८ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा सप्तरीको राजविराजस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।

गत वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष पनि हात खाली बनाएको हो । यसअघि आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कम्पनीले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश दिएको थियो ।

सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचनसमेत गराउनेछ । संस्थाको कार्यक्षेत्र विस्तार, प्रबन्धपत्र तथा नियमावली संशोधन र सोका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

Comments

Back to top