‘गठबन्धन नगर्ने’ गगन थापाको सांगठनिक प्रस्ताव महासमिति बैठकमा पेस
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गरेका छन् ।
ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उनले प्रस्ताव पेस गरेका हुन्।
प्रस्ताव पेस गर्दै थापाले एक्लै चुनाव लड्ने र रूखमा मात्रै मत हाल्ने सुनिश्चितता गरेको बताएका छन् ।
आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्ने उनले बताए ।
महामन्त्री थापाले आफ्नो प्रस्तावमा गठबन्धन नगर्ने प्रस्ताव राखेपछि सभापति शेरबहादुर देउवाले रोक्न खोजेका थिए। तर, सोमबार मध्यरातिसम्म भएको छलफलपछि देउवाले उक्त प्रस्तावमा सहमति जनाए।
Comments