सामान्य अंकले घट्यो नेप्से, ३ अर्ब ११ करोडको सेयर कारोबार !

मंगलबार नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१४ कम्पनीको कुल ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ९० कम्पनीको सेयर मूल्य बढेको छ, १५० कम्पनीको मूल्यमा गिरावट छ भने, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन बोट्लर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ७३ लाख बरबारको सेयर कारोबार भएको छ।भोल्युमका आधारमा प्रभु सेलेट फण्डको कारोबार भएको छ।

Comments

Back to top