प्रोटेक्टिभ माइक्रोको एजीएम फागुन २७ गते बस्दै

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा (एजीएम) फागुन २७ गते आइतबार बस्ने भएको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीको मुख्य कार्यालय गोदावरी रोड, धनगढी कैलालीमा अपरान्ह १ बजेदेखि बस्ने गरी सभा डाकेको हो ।

सभाले सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने र आईपीओ जारी पश्चात् प्राप्त पूँजीको उपयोग सम्बन्धमा छलफल गर्नेछ ।

त्यसैगरी, गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

सभाले, समूह ‘क’ का संस्थापक शेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सदस्यको निर्वाचन र एक जना स्वतन्त्र विशेषज्ञ संचालकको नियुक्ती गर्नेछ ।

Comments

Back to top