मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपरेको थियो ।
मुख्यमन्त्री यादवले विश्वासको मत पाउँ भनी राखेको प्रस्तावको पक्ष तथा विपक्षमा क्रमश: ६९ र ३५ सांसदहरूले मतदान गरे ।
आजको प्रदेशसभा बैठकमा जना १०४ सांसदहरू उपस्थित थिए ।
मुख्यमन्त्री यादवलाई नेकपा (एमाले) र जनमत पार्टीले भने मतदान गरेका छैनन् ।
यादव केन्द्रीय गठबन्धनमा समेत सम्मिलित जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।
Comments