नेप्से परिसूचक २७.२१ अंकले घट्यो , २२५ कम्पनीको सेयर मूल्यमा गिरावट !

आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१५ कम्पनीको कुल १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २१ कम्पनीको सेयर मूल्य बढेको छ, २२५ कम्पनीको मूल्यमा गिरावट छ भने, २ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ ।

प्रमुख कारोबार

यस दिन बोट्लर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा सामलिङ पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.२१% ले घटेको छ। कारोबार रकम र भोल्युमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ९० लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top