नेप्से इन्ट्राडे अपडेट: २४.७८ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक २४.७८ अंकले घटेको छ।

दुई घण्टामा नेप्से २४.७८ अङ्कले घटेर २०३७.२५ मा आएको हो। ३०१ कम्पनीको ४,५२९,५७२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ६१ करोड ६० लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा एनआइसी एसिया ग्रोथ फण्ड रहेको छ जसको सेयर मूल्य ६.६३% ले घटेको छ।

 

Comments

Back to top