सिभिल हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

सिभिल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा आव्हान गरेको हो ।

सभा फागुन २८ गते यस कम्पनीको रजिष्टर्ड कार्यालय, पोखरा ७, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

 

Comments

Back to top