भारतद्वारा नयाँ मौसम उपग्रह प्रक्षेपण, मौसम पूर्वानुमानका लागि उपयोगी हुने
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले नयाँ मौसम उपग्रह आइ.एन.एस.ए.टी–३ प्रक्षेपण गरेको छ।
मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट हिजाे बेलुका उडेको इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेर जानकारी गराएको छ।
इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीका लागि डिजाइन गरिएको हो । यसले भूमि र समुद्र सतहहरूको निगरानी गर्नेछ ।
दुई हजार २ सय ७४ किलो तौल भएको नयाँ उपग्रहले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरूलाई सहयोग पुर्याउने छ । यसले पठाउने सूचनाहरु मौसम र विपद् पूर्वानुमानका लागि निकै उपयोगी हुने इसरोले दाबी गरेको छ ।
Comments