हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज  फागुन ६ गते अन्तिम दिन हो । हिमालयन रिइन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ७ गते बुक क्लोज गर्दैछ ।

एसियन लाइफ इन्स्योरेन्सले सभा प्रयोजनका लागि फागुन ८ गते बुक क्लोज गर्दै छ । भोली फागुन ७ गते प्रजातन्त्र दिवस पर्ने भएकोले सो दिन सेयर बजार बन्द हुनेछ ।

तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ । हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा, राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

एसियन लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न फागुन १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ ।

Comments

Back to top