भारतमा किसान आन्दोलनः हृदयघातका कारण प्रदर्शनस्थलमै किसानको मृत्यु
पञ्जाब र हरियाणाको शम्भु सीमामा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ ।
बीबीसीका अनुसार प्रदर्शनस्थलमा मृत्यु भएका किसानको नाम ज्ञान सिंह हो।
हृदयघातको कारण ज्ञानको मृत्यु भएको राजिन्दर अस्पताल पटियालाका इन्चार्ज डा. हरनाम सिंहले बताए ।
किसान नेता सर्वन सिंह पन्धेरका अनुसार मृतक मजदूर संघर्ष समिति पञ्जाबमा आबद्ध थिए ।
शम्भु सीमामा किसानको प्रदर्शनको शुक्रबार चौथो दिन हो । बिहिबार राति किसान नेता र केन्द्र सरकारका मन्त्रीहरूबीचको वार्तामा कुनै समाधान हुन सकेन ।
शम्भु सीमामा किसान र सुरक्षाकर्मीबीच पटक पटक झडप भएको छ । किसानलाई रोक्न सुरक्षा बलले अश्रुग्यास समेत प्रहार गरेको छ ।
Comments