ललिता निवास प्रकरण : भाटभटेनीका मालिक गुरुङ दोषी ठहर
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिक गुरुङलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा ललिता निवासको जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई मुख्य प्रतिवादी सरह दोषी ठहर गरेको बताएका हुन् । उनका अनुसार गुरुङलाई २ वर्ष कैद सजाय र विगो बमोजिम ८० लाख ४८ हजार रुपैयाँ जरिवाना हुने ठहर भएको छ ।
Comments