नेप्से परिसूचकमा १४.४६ अंकको गिरावट !

बिहिबार नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०५ कम्पनीको कुल १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर ३ अर्ब ८६ करोड ९१ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ७९ कम्पनीको सेयर मूल्य बढेको छ, १६३ कम्पनीको मूल्यमा गिरावट छ भने, ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन बोट्लर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.७०% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ८५ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा प्रभु सेलेट फण्डको कारोबार भएको छ।

Comments

Back to top