कपिलबस्तुमा रात्री बस दुर्घटनाहुँदा १० जनाको मृत्यु, ३० जना घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको सनाखत हुन सकेको छैन । राजमार्गको सुरही पुलनजिकै बस सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरबाट काठमाडौं आउँदै गरेको रात्रीबस तिब्र गतिका कारण सडकबाट तल खसेको प्रहरीको अनुमान छ ।

Comments

Back to top