फाइनान्स कम्पनीहरुकाे निक्षेप संकलनमा ३ अर्ब ४ करोडको ह्रास

फाइनान्स कम्पनीहरुको निक्षेप एक वर्षमा एक वर्षमा ३ अर्ब ४ करोड बढीले घटेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको पुस महिनाको तुलनामा चालु आवको पुस महिनामा फाइनान्स कम्पनीहरुमा निक्षेप संकलनमा गिराट आएको हो ।

यस अवधिमा फाइनान्स कम्पनीहरुमा ३ अर्ब ४ करोड ९८ लाख रुपैयाँले निक्षेप संकलन घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत आवको पुस मसान्तसम्ममा फाइनान्समा ९९ अर्ब एक करोड १३ लाख रुपैयाँ निक्षेप संकलन भएको थियो ।

चालु आवको पुस महिनामा आइपुग्दा फाइनान्स कम्पनीहरुमा निक्षेप संकलन ९५ अर्ब ६ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ । फाइनान्स कम्पनीहरुमा निक्षेप खाताको संख्या भने बढेको छ । २०७७ को पुसमसान्तसम्ममा फाइनान्सहरुमा निक्षेप खाताको संख्या ६ लाख ९५ हजार ७५६ थियो । चालु आवको पुस मसान्तमा आइपुग्दा सो संख्या बढेर १२ लाख ७ हजार ७८० मा पुगेको छ । फाइनान्सहरुमा निक्षेप खाताको संख्या बढे पनि कर्जा खाताको संख्या भने घटेको छ ।

१७ फाइनान्स कम्पनीमा कर्जा खाताको संख्या ३९ हजार २२५ छ । गत आवको पुस मसान्तसम्मा कर्जा खाताको संख्या ४५ हजार ५३९ थियो । फाइनान्स कम्पनीको संख्या पनि घटेको छ । गत आवको पुस मसान्तको तुलनामा फाइनान्स कम्पनीको संख्या २१ बाट घटेर १७ मा सीमित भएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमा निक्षेप खाताको संख्या १२ लाख नाघेको छ । यस अवधिसम्ममा फाइनान्सहरुमा १२ लाख ७ हजार ७८० वटा निक्षेप खाता छन् ।

गत आवको यसै अवधिको तुलनामा फाइनान्सहरुमा इन्टरनेट बैंकिङको सुविधा लिएका ग्राहकको संख्यामा वृद्धि देखिएको छ । यस्तै इन्टरनेट बैंकिङको सुविधा लिने ग्राहकहरुको संख्या ६ हजार ८६१ बाट बढेर ८ हजार ९५१ मा पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्यामा भने गिरावट आएको छ । मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या एक लाख १५ हजार ७८७ बाट झरेर ७१ हजार ६०७ मा सीमित भएको हो । फाइनान्सहरुको एटिएम संख्या ५३ बाट झरेर ४३ मा आइपुगेको तथ्यांक छ । डेबिड कार्ड प्रयोगकर्ताको संख्या पनि घटेको छ । गत आवको पुस मसान्तसम्मा फाइनान्सहरुमा डेबिड कार्ड प्रयोगकर्ताको संख्या ४० लाख ९१६ थियो ।

चालु आवको पुस मसान्तको अवधिमा आइपुग्दा सो संख्या घटेर ३७ हजार ८५० मा सीति भएको छ । फाइनान्सहरुको चुक्ता पुँजी पनि घटेको छ । गत आवको पुस मसान्तमा फाइनान्सहरुको चुक्ता पुँजी १४ अर्ब ७ करोड ९६ लाख रुपैयाँ थियो । चालु आवको पुस मसान्तको अवधिमा फाइनान्सको चुक्ता पुँजी १३ अर्ब ७ करोड १३ लाख रुपैयाँ छ ।

Comments

Back to top