नेप्से परिसूचक ५.९१ अंकले बढ्यो, सेयर कारोबार ४ अर्ब २५ करोड !

बुधबार नेप्से परिसूचक ५.९१ अंकले घटेर २०७६.५० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०२ कम्पनीको कुल १ करोड २३ लाख ६३ हजार ०२७ कित्ता सेयर ४ अर्ब २५ करोड २७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १३२ कम्पनीको सेयर मूल्य बढेको छ, १११ कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन बोट्लर्स नेपाल (बालाजु) लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा पिपुल्स् पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.८१% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड १७ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा प्राइम कमर्सियल बैँकको प्रोमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top