प्रिओपन सेसनमा नेप्सेमा १.११ अंकको वृद्धि !
बुधबार प्रिओपन सेसनमा नेप्से १.११ अंकले बढेको छ।
मंगलबार ३०.५० अंकले घटेर २०७०.५९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०७१.७१ मा खुलेको हो। कुल १,६४२ कित्ता सेयरको खरिदबिक्री करिब ७ लाख २७ हजारमा कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका २७ कम्पनीमध्ये ११ को मूल्य बढ्यो भने १६ को मूल्य घट्यो।
यस अवधीमा कुल ४१ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments