ललिता निवास जग्गा प्रकरण : सुनवाइ सकियो, भोलि नै फैसला आउने

ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । 

विशेष अदालतमा गत माघ २ गतेबाट सुरु भएको अन्तिम सुनुवाइको बहस मंगलबार सकिएको हो ।

एक महिना लामो बहस सकिएसँगै सम्भवतः भोलि बुधबार नै फैसला आउने भएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार आन्तरिक प्रक्रिया पूरा गरेर केही दिनमै फैसला आउने छ । 

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ माघ २२ मा दायर गरेको मुद्दामा पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया तथा जग्गा खरिदकर्तासहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले भ्रष्टाचारको आरोपमा १ सय १० जना विरुद्ध र तह–तहमा जग्गा किनेका ६५ जनालाई भने जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो । अख्तियारले पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, छविलाल पन्त, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात लगायत विरुद्ध मुद्दा दायर गरेको थियो ।

Comments

Back to top