नेप्से परिसूचक ३०.५६ अंकले घट्यो, सेयर कारोबार ४ अर्ब ६४ करोड !

मंगलबार नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३०५ कम्पनीको कुल १ करोड २१ लाख ६५ हजार २०२ कित्ता सेयर ४ अर्ब ६४ करोड २ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४० कम्पनीको सेयर मूल्य बढेको छ, २०३ कम्पनीको मूल्यमा गिरावट छ भने, ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

 

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन बोट्लर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.७०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ५० लाख बरबारको सेयर कारोबार भएको छ। 

Comments

Back to top